प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

Pm oli 768x426

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार न्यूयोर्कबाट स्वदेश फर्कदै छन् । 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल,शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...