निर्मला हत्या घटनालाई राजनीतिकरण गर्न खोजियोः गृहमन्त्री थापा

Badal

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाका सम्बन्धमा छानविन गरिरहँदा पनि त्यसलाई उचालेर राजनीतिक रुप दिन खोजिएको बताएका छन् ।

बुधबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनले सो विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए ।

गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कार्वाही गर्न अझै केही समय लाग्ने पनि बताए । ‘कयौं अपराधका घटनामा संलग्नहरु १३ वर्ष पछि पनि कठघरामा आएका छन, गृहमन्त्री थापाले थपे, सरकारले चाहँदाचाहाँदै पनि टाईम लाग्न सक्छ।

’ गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका जघन्य अपराधका ९० प्रतिशत भन्दा बढि घटनाका दोषीलाई सरकारले कार्वाही गरेको र निर्मला प्रकरणका दोषीलाई पनि छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता पनि दोहोर्याए ।

गृहमन्त्री थापाले सरकारले मुलुकको समृद्धिका लागि महत्वपूर्ण आधारहरु  तयार पारेको दाबी पनि गरे । सरकारले मुलुकलाई समृद्ध बनाउन आवश्यक कानुनहरुको निर्माण गर्ने, स्थानीय तह र प्रदेश तहको संरचना पनि तयार गरेको गृहमन्त्री थापाको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...