फास्ट ट्रयाक फैसलाको राष्ट्रिय जनमोर्चाद्धारा स्वागत

Ra ja mo

काठमाडौं । राष्ट्रिय जनमोर्चाले बारा अदालतले एक सात वर्षीया बालिकाको बलात्कार र हत्याको मुद्दा दर्ता भएको केही दिनमै फास्ट ट्रयाकद्वारा फैसला गरेकोमा स्वागत गरेको छ ।

राजमोले महिला हिंसाका मुद्दाको किनारा लगाउन फास्ट ट्रयाक अदालत गठन गर्न माग गर्दै आएको थियो ।

पार्टी उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै काठमाडौं लगायत अन्य अदालतले पनि महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरुमा फास्ट ट्रयाकद्वारा त्यस्ता मुद्दाहरु फैसला गरेर पीडितलाई न्याय दिलाउन माग गरेकी छन् ।

यसअघि महाधिवक्ताको कार्यालयले पनि सबै सरकारी वकिलको कार्यालयलाई महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरु फास्ट ट्रयाकबाट टुङ्ग्याउन निर्देशन दिएको थियो ।

सो पार्टीले कञ्चनपुरकी निर्मला पन्तको हत्या र बलात्कारको घटना लामो समय भैसक्दा पनि अपराधी पहिचान नभएकोमा सरकार निरिह वा लाचार देखिएको आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...