दोहोरो कर लिएको देखिए कारवाहीः कावा प्रधानमन्त्री पोखरेल

Ishwor 1jpg

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले दोहोरो कर लिए सरकारले कारवाही गर्ने बताएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय तहले दोहोरो, कर लिएको गुनासो बढिरहेका बेला कार्यबहाक प्रधानमन्त्री पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।

सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कावा प्रधानमन्त्री पोखरेलले कर सम्बन्धी अराजकता फैल्याउनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिए । दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि उनले निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे ।

उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिए। उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारे । कार्यबहाक प्रधानमन्त्री पोखरेलले करसम्बन्धी सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरेकी थिइन् । उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको पनि स्पष्ट पारिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...