आन्दोलनको स्वरुप परिवर्तन गर्दै धनगढी बन्द फिर्ता

Dhangadhi3

धनगढी । शनिबारदेखि धनगढीमा आह्वान गरिएको अनिश्चितकालिन बन्द फिर्ता भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै गरिएको अनिश्चितकालिन धनगढी बन्द आन्दोलनकारीले फिर्ता लिएका हुन् ।

नेपालीहरुको महान चाड दशंै तिहार नजिकै आईरहेको र विद्यालयको पठन पाठन प्रभावित भएपछि अनिश्चितकालिन बन्द फिर्ता लिइएको आन्दोलनकारीले जनाएका छन् । यद्यपी बन्द फिर्ता लिए पनि सोमवारदेखि आन्दोलन भने नयाँ स्वरुपमा जारी नै रहनेछ । आन्दोलनकारीका अनुसार सोमवार(भोली)साँझ ८ बजे एक घण्टा धनगढीमा ब्ल्याक आउट गरिनेछ ।

शुक्रबार(असोज १२ गते) प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतका आधारमा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ तथा स्थायी राजधानी ‘गोदावरी’ नगरपालिकाको वडा नम्बर २ मा राख्ने निर्णय गरेको थियो ।

तर, यसका लागि भएको मतदानमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । कांग्रेसले आफ्नो उपस्थितिबिना गरिएको निर्णय मान्य नहुने भन्दै आन्दोलन चर्काएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...