खुर्सिदको परिवारलाई १० लाख दिएका गृहमन्त्री भन्छन्, हत्यारा जहाँ भए पनि छाड्दैनौं

Ramk hastantran mantri thapa

इनरुवा । केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई आइतबार सरकारले रु.१० लाख हस्तान्तरण गरेको छ ।

११औँ दिनको पुण्य तिथिमा आइतबार आयोजित श्रद्धाञ्जलिसभाका अवसरमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा खुर्सिदकै घर पुगेर उनका परिवारलाई रु.१० लाखको चेक हस्तान्तरण गरे ।

अज्ञात समूहले गोली प्रहार गरी खुर्शिदको हत्या गरेको थियो । हत्या गरेका खुर्सिदलाई सरकारले शहीद घोषणा गर्दै र १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै मन्त्री थापाले अपराधी जुनसुकै कुनामा लुकेर बसेको भएको पनि कानूनी कठघरामा ल्याउने दाबी गरे । अपराधी देशको कुनै कुनामा लुकेर बसे पनि खोजेर कानूनी कठघरामा उभ्याउने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेशमन्त्री उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश सांसद ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतले हत्यारालाई कठघरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...