काठमाडौं महानगरपालिका न्याय सम्पादनमा अगाडि

Kampa

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्याय सम्पादनमा उल्लेख्य प्रगति भएको दावी गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले न्याय सम्पादनको काममा उल्लेख्य प्रगति भएको दावी गरेकी हुन् ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले महानगरपालिका अन्तरगतको न्यायिक समितिले काठमाडौंको सर्वसाधारणलाई अदालतमा धाउन नपर्ने गरी न्याय सम्पादनको काम गरिरहेको दावी गरन् ।

न्यायिक समितिमा हालसम्म १ सय ८४ वटा उजुरी परेकोमा ४७ वटा फैसला गरिएको छ । पीडितको घरदैलोमै पुगेर उजुरीको आधारमा पीडितलाई न्याय दिने काम समितिले गरेको पनि उपप्रमुख खड्गीले जानकारी दिइन् । ९८ वटा उजुरी भने विचाराधित अवस्था रहेको छ ।

ती उजुरी पनि छानवीनको क्रममा रहेको र पीडितले छिट्टै न्याय पाउने उपप्रमुख खड्गीको भनाई छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा पनि न्यायिक समितिको व्यवस्था गरिएको छ । सो समितिले स्थानीयले दिएको उजुरीको छानवीन गरी पीडितलाई न्याय दिनुपर्दछ ।

प्रतिकृया दिनुहोस