राप्रपा रामेछाप काठमाडौं सम्पर्क समाजमा मगर

Rapapa sampark samiti gathan

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप काठमाडौं सम्पर्क समाज गठन भएको छ । समाजको अध्यक्षमा मोहनबहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा सविन चौहान, मोतिलाल तामाङ, राजु श्रेष्ठ, चन्द्रबहादुर माझी, भीमबहादुर बस्नेत, प्रतिक्षा माझी, धोर्जे तामाङ, राजन पुरी, पूर्णबहादुर माझी, सविन केसी, सरिता माझी र सनबहादुर तामाङ छन् ।

सो भेलामा महामन्त्री एवं सम्पर्क समाज समन्वय बिभागका प्रमुख भास्कर भद्राले सुस्पष्ट विचार, अगल पहिचान भएको राजनीतिक दल भएकोले पार्टी नीति, विचार र सिद्धान्तलाई स्थापित गर्न अघि बढ्नुपर्ने बताए ।

सो भेलामा सांसद रिता माझी, केन्द्रीय सदस्यहरु सरस्वती श्रेष्ठ, मनोज ढुंगेल, केन्द्रीय सदस्यहरु रमानन्द न्यौपाने, केन्द्रीय सदस्य भक्तिप्रसाद सिटौला लगायतले पार्टीको विचार, सिद्धान्त र नीतिबारे प्रष्ट पारेका थिए ।

 

प्रतिकृया दिनुहोस