कांग्रेस नेतृत्वद्वारा आन्तरिक एकतामा जोड

Nepali congress party office 1

काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुले आन्तरिक एकता सहितको पार्टी सुदृढीकरणमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं अछाम सम्पर्क मञ्चले सनिबार राजधानीमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा शिर्ष नेताले आन्तरिक पार्टी एकतामा जोड दिएका हुन् ।

सभापति शेर बहादुर देउवाले पार्टी अनुशासन र आपसी एकता हुन नसक्दा पराजय भोग्नुपरेको भन्दै एकतावद्ध हुन कार्यकर्तालाई निर्देशन दिए । आन्तरिक एकता भएमा पार्टी सुदृढ हुने र कांग्रेसले जनता माफ पुरानै हैसियत कायम गर्न सक्ने तर्क उनको थियो ।

महामन्त्री शशांक कोइरालाले नेकपा संग प्रतिष्पर्धा गर्नका लागि पहिला आन्तरिक पार्टी एकता हुनुपर्ने बताए । आन्तरिक द्धन्द्धलाई समाप्त पारेर एक हुन सक्यो भने कांंग्रेसलाई कसैले हराउन नसक्ने भनाई उनको थियो ।

काठमाडौं अछाम सम्पर्क मञ्चले दशै तिहार तथा छठको अवसरमा राजधानीमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

प्रतिकृया दिनुहोस