सरकार विरुद्ध टिप्पणी गर्नेहरु स्थिरता नचाहने तत्वः कावा प्रधानमन्त्री पोखरेल

Eswora pokharel

काठमाडौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकमा स्थिरता नचाहनेले सरकार विरुद्ध टिप्पणी गर्ने गरेको बताएका छन् । राजनीतिक अस्थिरताका कारण मुलुक लामो समयसम्म अनिश्चितताको दुश्चक्रमा परेको भन्दै उनले स्थिरतातर्फ उन्मुख भएको मन नपराउनेहरु नै सरकार विरुद्ध आलोचना गर्ने गरेको दाबी गरे ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले मुलुकको विकास सबैका लागि भएकाले विकास र सम्वृद्धिलाई दलीय एजेण्डा बनाउन नहुने तर्क गरेका हुन् । उनले भने, राजनीतिमा प्रतिष्पर्धा गरौ ।  आर्थिक विकासमा सहकार्य । मुलुकको आर्थिक विकास र सम्वृद्धिलाई पार्टी एजेण्डा नबनाउँ ।’ उनले मुुलुकको आर्थिक विकास र सम्वृद्धिलाई पार्टी एजेण्डा नबनाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

कार्यवहाक प्रधानमन्त्री पोखरेलले संविधान अनुसार संघ, प्रदेश र स्थानीय सरकारका अधिकारलाई स्थापित गराउन आवश्यक कानुन बनाउन बाँकि नै रहेकाले कामकारवाहीमा केही समस्या देखिनु स्वभाविक भएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस