महंगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार पुरै असफल

Pashupati samser rana6356

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले सरकार अहिले मंहगी र भ्रष्ट्राचार नियन्त्रण गर्न पुरै असफल रहेको आरोप लगाएका छन् । उनले मुलुकमा बहुदलीय व्यवस्थापछि सबैभन्दा बलियो सरकार अहिले गठन भए पनि देशमा सामाजिक परिवर्तन र आर्थिक रुपान्तरण हुन नसकेको पनि विचार व्यक्त गरे ।

पार्टीले सञ्चालन गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै अध्यक्ष राणाले दण्डहीनताका कारण महिला हिंसा, बलात्कार र हत्याका घटनामा वृद्धि भएका चिन्ता व्यक्त गरे ।

उनले दशैँलगायत चाडपर्वका बेला व्यापारीले मूल्यवृद्धि गराउने उद्देश्यले उपभोग्य सामग्रीको कृत्रिम अभाव गरेकाले त्यसको न्यूनीकरणका लागि बजार नियमन गरी कालाबजारीलाई कारवाही गर्न सरकारलाई आग्रह गरे ।

शुक्रबारसम्म चल्ने प्रशिक्षणमा सातै प्रदेश र जनवर्गीय सङ्गठनका अगुवा प्रतिनिधिलाई नेतृत्व विकास, सङ्गठन विकास, पार्टीको सैद्धान्तिक अवधारणालगायत विषयमा दीक्षित गरिने छ ।

प्रतिकृया दिनुहोस