गगन थापाले भनेः संसदलाई हेप्ने श्री ३ महाराज मान्दैनौं

Gagan thapa

काठमाडौं । सांसद गगन थापाले बुढी गण्डकी आयोजना बनाउन चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय शैली गलत भएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले चाईना गेजुवा ग्रुप कम्पनीलाई बुढी गण्डकी आयोजना बनाउन दिने सरकारको निर्णयप्रति गम्भीर आपत्ती जनाए ।

उनले भने, ‘प्रधानमन्त्रीले श्री ३ को शैलीमा चाईना गेजुवा कम्पनीलाई बुढी गण्डकी आयोजना बनाउन हुकुम गरिबक्स्यो र प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तामेली गर्न तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ। हाम्रो पनि त्यस्तै अनुभव रह्यो । सभामुख महोदय, के सदन पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ?’

विगतमा बुढी गण्डकी आयोजना निर्माणको जिम्मा दिने सम्बन्धमा भएका निर्णयको स्मरण गराउदै उनले सरकारले विधि र विधान तथा शुसासनको उंलंघन मात्रै नभई सदनलाई पनि हेप्ने काम गरेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...