सर्वोच्चको पाँचौँ पटकको आदेश पछि प्रकाण्ड रिहा

Prakand 1

काठमाडौं । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ । अदालतले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौँ पटक हो । अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ पर्दै आएका छन्।

विश्वकर्मालाई व्यापारीसँग रु. सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो । विश्वकर्मालाई आज पुनः थुनामुक्त गर्न आदेश दिइएको हो ।

दमन गरे सशक्त प्रतिरोधः प्रकाण्ड

सर्वोच्च अदालतबाट रिहा भए लगत्तै मंगलबार सांझ माईतिघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दे उनले सर्वसाधरण निमुखा जनतामाथि सरकारले गरेको दमनको प्रतिकार आन्दोलन मार्फत गरिने चेतावनी दिएका छन् ।

नेपालमा अहिले भएको राजनीतिक परिर्वतनमा प्रधानमन्त्री केपी ओलिको कुनै हात नरहेको र आफुहरुको अनवरत सघर्षबाट मात्रै संभव भएको दाबी उनले गरे। दुई तिहाईको सरकारले सम्पुर्ण बल लगाएर आफ्नो हत्या गर्ने प्रयास गरेको जिकिर पनि उनले गरे।

प्रहरीले प्रकाण्डलाई विभिन्न जिल्लामा आगजनी, सार्वजनि सम्पत्तिमा हानी नोक्सानी पुर्याएको, चन्दा असुली लगायत मा दोषी आरोपित गर्दै उदयपुर, मकवानपुर, काठमाण्डौ, काभ्रे लगायत जिल्लामा मुद्धा दर्ता गरेको थियो । यी मुद्धामा प्रहरीले पटक पटक नियन्त्रणमा लिई मुद्धा चलाए पनि सर्वोच्चले रिहा गर्न आदेश दिदै आएको छ ।

प्रतिकृया दिनुहोस