प्रदेश ७ को राजधानी ‘गोदावरी’ नाम ‘सुदूरपश्चिम’

Pradesh 7

धनगढी । प्रदेश सातको नाम र राजधानीबारे अध्ययन गर्न गठित प्रदेशको संसदीय समितिले प्रदेशसभा बैठकमा प्रतिवेदन बुझाएको छ । मंगलवारको प्रदेशसभा बैठकमा पेश गरिएको प्रतिवेदनमा समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न सुझाव दिएको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा उक्त प्रतिवेदन पेश गरिएको हो। अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ ।

अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको छ । यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ भने डडेल्धुरमा पनि राजधानी हुनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस