किन नेकपामा प्रवेश गरे कांग्रेसका नेता दाहाल ?

Mahesh dahal jaqclxaaj3

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएको हो ।

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको भातृ संगठनमा केन्द्रीय नेतृत्वमा रहेर लामो समयसम्म काम गर्दै आएका दाहालले मुलुकको भविष्य निर्माण गर्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मात्रै भएको निष्कर्षसहित आफू त्यो पार्टीमा प्रवेश गरेको बताए । उनले आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपामा प्रवेश गरेको पनि स्पष्ट पारे ।

यता, अध्यक्ष दाहालले महेशको क्षमता र अनुभवलाई मुलुकको समृद्धिका लागि सक्दो सदुपयोग गर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महेशको बहुआयामिक व्यक्तित्वले सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै उचित जिम्मेवारी दिने आश्वासन पनि दिएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल, नेताहरु अग्नि सापकोटा, कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...