नागरिकतामा लापरवाही गरिरहे देश भारतको कब्जामाः केसी

Chitrabahadur kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा ठुलो संख्यामा भारतीयले नेपाली नागरिकता पाएको बताएका छन् । केसीले यही तरिकाले नागरिकता बितरण गर्दै जाने हो भने नेपालको अस्तित्वसमेत नरहने चेतावनी दिए ।

सोमबार काठमाडौंमा आयोजित नागरिकता विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले अबैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरे ।

उनले शक्तिशाली नागरिकता छानवीन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

केसीले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित नागरिकता सम्बन्धी विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई चेतावनी दिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भईरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे ।

अध्यक्ष केसीले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन
कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंका पनि व्यक्त गरे ।

राष्ट्रलाई जोगाउन पनि अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाई गर्न नहुने अध्यक्ष केसीको भनाई छ । अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दवाव दिने काम गरिरहेको दावी पनि गरे ।

प्रतिकृया दिनुहोस