मुलुक समृद्ध पार्न हिमाल, पहाड र तराईको एकताः पूर्व राष्ट्रपति यादव

Rambaran yadab

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराईको बलियो एकता हुनुपर्नेमा जोड दिएका छन्।पूर्व राष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएका स्वर्गीय सुन्दरराज चालिसेको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्दा मात्रै सहिदहरुको सच्चा सम्मान हुने पूर्व राष्ट्रपति यादवको भनाई छ ।

पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने पनि स्मरण गराए ।

प्रतिकृया दिनुहोस