सामुद्रिक डाँकुद्वारा स्वीस जहाजबाट १२ जना अपहरित

Panijahaj

स्वीट्जरल्याण्ड । नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको उक्त जहाजको कम्पनीले जनाएको छ ।

मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समय अपहरण गरेको लगेका छन् । जहाजमा रहेका बाँबी छ जना भने सकुशल रहेका छन् ।

‘अपहरणकारीले चालक दलका १२ र जहाज रहेका बहुमुल्य सामानलगायत अधिकांश सञ्चार सेटसमेत लुटेर लगेका छन्’ मासोलका प्रवक्ता प्याट्रिक एडमसनले बताए ।
कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना नखुलाएको जनाएको छ ।

उक्त क्षेत्रमा गतबर्ष पनि जहाज लुटिएको र करिब ६० जनालाई अपहरण गरिएको थियो । उक्त क्षेत्रमा हुने कबतिपय आक्रमणलाई व्यवसाय धारासायी हुने खतराका कारण कम्पनीहरूले सार्वजनिक नगर्ने गरेका छन् । अपहरणमा परेका सबैजनाको सकुशल उद्धारका लागि कम्पनीले सम्वन्धित अधिकारीसँग पहल शुरु गरेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...