अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाटैः शशांक

Shashank koirala

बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाटै आउने दाबी गरेका छन् ।

महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा भने, ‘कोइराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी छ । त्यसैले अवको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’ उनले थपे, ‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ । सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’

कार्यकर्ताको माया र चाहना अनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई थियो ।

‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठुलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ’ महामन्त्री कोइरालाको जिकिर थियो ।

देशभरका काँग्रेस नेताकार्यकर्ताको माया र चाहना कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहाका क्रममा पाएको उनले सुनाए ।

कांग्रेसको नयाँ विधानबारे बोल्दै उनले सभापतिको अधिकार बिकेन्द्रीकरण गर्नुपर्ने बताए । ‘तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाँउ र प्रदेशमा अधिकार दिनुपर्छ’ कोइरालाको भनाई थियो ।
कोइरालाले अब हुने महासमिति बैठकमा नयाँ बिधान पारित गरिने भन्दै उक्त विधान कम्तिमा आगामी ३० बर्षका लागि हुने प्रष्ट पारे ।

आगामी चार बर्षपछिको चुनाबमा काँग्रेस पहिलो पार्टी बन्ने कोइरालाको भनाई छ । ‘कांग्रेस बिबादमा अल्झने अबस्था छैन,अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

बर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप कोइरालाको छ । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन’ सरकारप्रति कोइरालाको निश्कर्ष छ ।

काँग्रेसका २ चुनौती रहेको भन्दै उनले काँग्रेसको संगठनमा गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।

कांग्रेसका कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय,२० मेडिकल कलेज र ८४ हजार किलोमिटर सडक बनेको उनको भनाइ छ ।

सरकारले प्रेस जगतलाई हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने भएकाले हस्तक्षेपबिरुद्ध खबरदारी गर्न पत्रकारलाई उनले आग्रह गरे ।

२०१५ सालमा बिपीले प्रेस स्वतन्त्रताको थालनी गरेको स्मरण गर्दै त्यसवेला पत्रकारलाई ४०० रुपैंयाँ दिएर बिपीले आफ्नो बिरुद्ध लेख्न आग्रह गरेको स्मरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...