चोरीका सामान बिक्री गरेको भेटिए व्यापारीलाई कडा कारवाही : खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान विक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कार्वाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पारे । उनले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अव त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...