पूर्व प्रधानन्यायाधीश कार्की भन्छिन्, न्यायालयमाथिको राजनीतिक हस्तक्षेप असह्य

Sushila karki

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमाथिको हस्तक्षेप सह्य कुरा नभएको बताएकी छन् ।

न्यायालयलाई राजनीतिक ‘प्रभाव र दवाव’मा पार्न प्रयत्न भइरहेको भन्दै पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार आफै कमजोर हुने चेतावनी पनि दिइन् ।

शनिबार आफूद्धारा लिखित पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै उनले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने पनि स्मरण गराएकी छन् । विधिको शासनलाई मार्गनिर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पूर्व प्रधानन्यायाधिश कार्कीको तर्क छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले पूर्व प्रधानन्यायाधीश कार्कीलाई साहसी प्रधानन्यायाधीशको रुपमा चित्रण गरे । कार्की प्रधानन्यायाधीश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उनको दाबी थियो ।

पुस्तकमा कार्कीले प्रधानन्यायाधिशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा चर्चा गरिएको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले पुस्तकमा आफूले देखेको र भोगेको सत्य कुरा ओकल्ने प्रयास गरिएको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...