शान्ति विश्वविद्यालय स्थापना हुने

Samsad n9gmcu5kic

काठमाडौं । प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ स्विकृत गरेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ सर्वसम्मतिले स्विकृत गरिएको हो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेस सुवालले विश्व शान्ति स्थापनाका लागि आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएका थिए । यता, गृहमन्त्री थापाले विश्वमा शान्ति स्थापनाका लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै त्यसका लागि ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ पनि स्विकार गर्नु परेको स्पष्ट पारे । उनले नेपालको शान्ति र राजनीतिक स्थायित्वलाई सुदृढ बनाउन पनि सो सम्झौता उपयोगी हने विश्वास पनि व्यक्त गरे ।

संयुक्त राष्ट्र संघको महासभाले विश्व शान्ति स्थापनामा टेवा पु-याउने उद्देश्यले कोष्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पारित गरेको थियो। सोही प्रस्ताव सदस्य राष्ट्रको हैसियतले नेपालले पनि स्विकार गरेको हो ।

प्रतिकृया दिनुहोस