संसदीय समितिका सभापतिको मनोनयन दर्ता हुँदै, निर्वाचन भोली

Samsad

काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिका सभापति छनौट गर्न आज मनोनयन दर्ता हुँदैछ । विभिन्न १० विषयगत सिमितिका सभापतिहरुको निर्वाचन भोली हुने कार्यतालिका छ ।

प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने छन्।

सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची साँझ साढे ५ बजे प्रकाशित हुनेछ ।

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) अनुसार एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिने छ । प्रतिनिधिसभा नियमावलीको नियम १७३ (४) अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । एकभन्दा बढी मनोनयन परेमा भने शुक्रबार बिहान ११ बजे निर्वाचन हुनेछ ।

निर्वाचन सबै समितिको बैठक कक्षमा हुने प्रतिनिधिसभा सचिावलयले जनाएको छ । एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदहरूलाई आफूले मत हाल्ने समितिको जानकारी सभामुखलाई आजसम्ममा उपलब्ध गराउन भनिएको छ ।

संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सहज बहुमत भएकाले निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अवस्था छ । तर, संसदीय मान्यताअनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउने छ । यस्तै, अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् ।

सत्ता साझेदार दल संघीय समाजवादी फोरमले एक विषयगत समिति पाएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ ।

अन्य आठ समितिमा नेकपाका सांसदहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।

नेकपाले अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी नेकपाभित्र भएको छ ।

अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।

महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई उम्मेदवारी बनाउने तयारी नेकपाले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन सदस्य रहने व्यवस्था छ । तर, मतदानको अवस्था सिर्जना भएमा एउटा मात्र समितिबाट मतदान गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...