कांग्रेस भन्छ, प्रधानमन्त्री ओलीका लागि संविधान संशोधन सत्ताको वार्गेनिङ

Congress nepali

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सत्ताको वार्गेनिङ गर्ने हतियार बनाएको आरोप लगाएको छ ।

संविधान दिवसको अवशरमा सरकारको समीक्षा गर्दै कांग्रेसले संबिधान कार्यान्यनको सम्बन्धमा सरकार असक्षम रहेको आरोप पनि लगाएको छ । संघीयतालाई दरिलो बनाउने इच्छा शक्ति र क्षमता प्रस्तुत गर्न नसकेको कांग्रेसको ठहर छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संविधानको अपनत्व विस्तार गर्न पनि चुकेको आरोप लगाए । संबिधान निर्माणमा असन्तुष्ट रहेका दलहरु सँग गरेको समझदारी सरकारले बिर्संदा आज संबिधान दिवसको दिन कतै हर्षोल्लास कतै कालो दिन मनाउनु परेको निधिले बताए ।

संविधान संशोधनमा विगतको सरकारलाई राष्ट्रघाती भने पनि अहिले सरकारले संशोधनलाई सत्ताको वार्गेनिङका रूपमा मात्रै प्रयोग गरेको उपसभापति निधिको तर्क छ । कांग्रेसले सरकार लोकतान्त्रिक चरित्र गुमाउँदै गएको पनि आरोप लगाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनेगरी, समाचार लेखेको भरमा, प्रश्न सोधेको भरमा पत्रकारमाथि गैर व्यवसायिक काम सरकारले गरेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रतिकृया दिनुहोस