भारतीय दबाबमा निसान छापबाट कालापानी हटाइयोः मसाल

Mohan bikram singh 1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपालको निसानछापबाट कालापानीको भूभाग नियतबस नै हटाइएको ठहर गरेको छ । राष्ट्रिय निसान छापद्वारा प्रकाशित नक्सामा कालापानी लिपुलेक लिम्पियाधुरा समेतका भूमिहरू भारतीय प्रभावमै हटाइएको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मंगलबार प्रेस वक्तव्यमार्फत जनाएका छन् ।

‘भारतले कालापानीमाथि कब्जा जमाएको छ भने सुस्ता सहित नेपालका कैयौँ सिमाहरूमा अतिक्रमण गरेको छ । त्यसको नेपालको नक्सामा हेरफेर गर्ने कार्य र नेपालका राष्ट्रिय निशान छाप समेत कतिपय सरकारी निकायहरूद्वारा नेपालको नक्सामा फेरबदल गर्ने कार्य भारतीय विस्तारवादी योजना अनुसार नै गरिएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यस अनुसार नेपालको ३१० वर्गमीटर जमीन नेपालबाट हटाउने कार्य गरिएको छ ।’ वक्तव्यमा भनिएको छ ।

नेपालको नक्सामा हेरफेर गर्ने कार्य नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध भएको भन्दै महामन्त्री सिंहले सो कार्यमा संलग्न व्यक्तिहरूबारे छानवीन गरेर दोषिलाई कडा सजाय दिन, गलत प्रकारले प्रकाशित गरिएका नक्साहरू सच्चाउन, ति नक्साहरूको विक्री वितरणमा प्रतिबन्ध लगाउन र भारतसित कुनीतिक स्तरमा उच्चस्तरीय वार्ता गरेर त्यसद्वारा प्रकाशित नक्सालाई सच्चाउनुपर्ने माग गरेका छन् ।

यस्तै, उनले भारतीय सेना प्रमुख विपिन रावतले आफ्नो एउटा वक्तव्यमा नेपाल र भूटानजस्ता देशहरू भारतभन्दा टाढा जान नसक्ने र भारतप्रति नै झुकाव राख्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएका छन् ।

प्रतिकृया दिनुहोस