राप्रपाको केन्द्रिय बैठक सुरु, थापाले पेश गरे राजनीतिक प्रतिवेदन

Rpp baithak suru

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक काठमाडोंमा सुरु भएको छ ।

मंगलबार सुरु भएको सो बैठकमा अध्यक्ष कमल थापाले समसामयीक राजनीति प्रतिवेदन र पार्टीको भावी कार्यदिशाबारेको प्रतिवेदन पेश गरे । यसअघि सोमबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो प्रतिवेदन अनुमोदन गरेको थियो ।

सो बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालयसम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरे ।

आजको बैठकमा पाँच वटा प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो प्रदेशका संगठनात्मक अवस्थाको जानकारी दिएका छन् । सो बैठकमा आज २२ जना केन्द्रिय सदस्यहरुले प्रस्तुत प्रतिवेदनबारे आफ्नो धारणा रोखका छन् ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठक बुधबार पनि बस्ने छ । दुई दिनको बैठकले पार्टीको भावी कार्यदिशा तय गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...