समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न सांसदहरुको माग

Samsad pratinidhi sabha 1

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार बैठकको सुन्य सायमा बोल्दै सांसद विमला विश्वकर्माले भौतिक पूर्वाधार निर्माणको जिम्मा लिने ठेकेदारले समयमा गुणस्तरीय काम नगर्दा पनि सरकारले कार्वाही गर्न नसकेको भन्दै आपत्ति जनाइन् । उनले गुणस्तरहीन काम गर्ने ठेकेदारहरुलाई कहिले कार्वाही हुन्छ भनि सरकारसँग प्रश्न पनि गरिन् ।

अर्का सांसद भूपेन्द्रबहादुर थापाले कालीगण्डकी नदिमा आएको बाढिका कारण बेनी बजार जोखिममा परेको भन्दै सो बजारको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । उनले बजार सुरक्षाका लागि निर्माण गरिएको कंक्रिट वाल एक वर्ष पनि नवित्दै भत्किएको भन्दै सो वाल निर्माण गर्ने ठेकेदारलाई आवश्यक कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

यस्तै, सांसद महेश्वरजंग गहतराजले स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि तथा निर्देशिका तत्काल ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गरे । सरकारले नीति तथा कार्यक्रम ल्याएको चार महिना बित्दा पनि स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि ल्याउन नसकेकोमा उनको आपत्ति छ ।

सांसद मिनबहादुर विश्वकर्माले सवारी लाईसेन्स लिएका सवारी चालकलाई पनि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै कार्वाही गर्न सरकारसँग माग गरे ।

सांसद यज्ञराज सुनुवारले बाढि, पहिरोले क्षति पु-याएका सडक पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरे । दसैं, तिहार जस्ता चाड पर्व आईसकेकाले सडक पुनर्निर्माणको काममा ढिलाई गर्न नहुने सांसद सुनुवारको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...