नेविसंघले माग्यो गृहमन्त्री थापाको राजीनामा

Nebisan andolanjpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ ।

किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो । मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार काठमाडौंको प्रर्दशनीमार्गका विरोध प्रर्दशनमा उत्रेका संघका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

प्रर्दशनीमा सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न अव पनि ढिलाई गरिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिए ।

संघले हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न सरकार असक्षम भएपछि आफूह? त्यसविरुद्ध सडक संघर्षमा आउन बाध्य भएको पनि जनाएको छ । संघका अध्यक्ष महरले जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...