प्रधानमन्त्रीको ‘अरिंगाल’ प्रति स‌ांसदहरुको अपत्ति

Sansad parlimentry

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध अरिंगाल जसरी झम्टिनुस् भनेर दिएको अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएका छन् । सांसदहरुले यस विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी नेपाली कांग्रेसका सांसदहरले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका हुन् ।सांसद राजन केसीले प्रधानमन्त्रीको बोली अत्यन्त आपत्तिजनक रहेको बताउँदै यस्तो अभिव्यक्तिले जनतामा आतंक पैदा गरेको बताए ।

केसीले भने, ‘निर्मला पन्तको हत्यारालाई पत्ता लगाउ भन्नु, ३३ किलो सुनकाण्डको छानबिन गर भन्नु, मण्डलालमा प्रर्दशन गर्न पाउनुपर्छ भन्नु अपराध थियो? प्रधानमन्त्रीको जवाफ चाहियो ।’यस्तै, सांसद मिनाक्षी झाले प्रधानमन्त्रीले संगठित अपराधीको प्रमुखले जसरी गैरजिम्मेवार अभिव्यक्ति दिएको बताइन् ।

‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर संगठित अपराधीको जस्तो बोल्न मिल्छ? झाले संसदमा प्रश्न गरिन् । सांसद मिना पाण्डेले प्रधानमन्त्रीको भनाइ लज्जा जनक भएको उल्लेख गरिन् । उनले प्रधानमन्त्रीले कसलाई भन्न खोजेको हो संसदमा उपस्थित भएर जवाफ दिन माग गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...