निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो

Election commission nepal

काठमाडौं । नेपालको संविधानले आत्मसात् गरेको समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो औँल्याइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा सोमबार आयोजित अन्तरक्रियामा सहभागी वक्ताले विभिन्न समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणः प्रतिनिधित्व प्रणालीको समीक्षा र भावी मार्गचित्र’ विषयको उक्त अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले परिवर्तनलाई स्थायित्व प्रदान गरी सही दिशातर्फ उन्मुख गराउने निर्वाचन नै एक मात्र माध्यम भएको धारणा व्यक्त गरे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समानुपतिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर हुने स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनले मात्र लोकतन्त्रको विकासमा योगदान दिने भएकाले निर्वाचन प्रणालीलाई सुधार गर्दै लैजान सकिन्छ भने ।

नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले आवधिक निर्वाचन र लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गरेको मुलुकमा समेत निर्वाचनमा समावेशी र समानुपातिकको पाटाबाट सहभागिता र प्रतिनिधित्व कस्तो रह्यो भन्ने ढङ्गबाट मूल्याङकन गरिन्छ भने ।

सो अवसरमा सहभागी वक्ताले निर्वाचन प्रणाली सुधार गर्नुअघि राजनीतिक दललाई आफ्नो सङ्गठन समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने व्यवस्था गर्न सुझाव दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...