फोरममा विवादः एक पक्षले ‘संविधान दिवस’ मनाउँदा अर्को पक्षले ‘कालो दिवस’ मनाउने

Forum

काठमाडौं । संविधान दिवस मनाउने या कालो दिवस मनाउने भन्ने विषयमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा विवाद चु्लिएको छ ।

फोरमका नेता कार्यकर्ता संविधान मान्ने वा नमान्ने विषयमा विभाजित बनेका छन् । एकथरीले संविधान दिवस मनाउने निर्णय गर्दा अर्को पक्ष भने कालो दिवस मनाउन तयार देखिएका छन् ।

फोरम नेपाल मधेश प्रदेश नम्बर २ कार्यसमितिले कालो दिवस मनाउने भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट केन्द्रीय समितिले संविधान दिवस मनाउने निर्णय गरेको छ ।

केन्द्रले एक विज्ञप्ति जारी गरी संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुने सबै पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

फोरम नेपालका उपमहासचिव केशव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत रहेपनि वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमिकमजोरीहरुलाई सच्याउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्ने दायित्व रहेको छ ।’

थप अधिकार प्राप्त गर्न पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको भन्दै फोरमले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन र यसबारे अन्य कुनै भ्रममा नरहन समेत आग्रह गरेको छ ।

फोरम नेपालको मधेश प्रदेश समितिले हिजो असोज ३ गते संविधान दिवस बहिस्कार गरी कालो दिवस मनाउने निर्णय गरेको थियो ।

संविधान दिवसको कुनै पनि कार्यक्रम सहभागी नहुन प्रदेश २ का जनप्रतिनिधिलाई समितिका संयोजक एवं पार्टीका उपाध्यक्ष रेणु यादवले निर्देशन दिएकी थिइन् । सो निर्णय प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नमान्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...