गलत संस्कार बदल्ने हिम्मत आफैँबाट गर्नुपर्छ : केसी

Nandalal jpg

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले परम्पराका धान्ने नाममा गरिंदै आएका रुढीवादी संस्कारहरु बदल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको मृत्यु भएको तेह्रौं दिनमा श्रद्धाञ्जली दिन बिहीबार धनगढी पुगेका केसीले मृत्युपछि गरिने किरिया संस्कार बदल्नुपर्ने बताए ।

अध्यक्ष केसीले हाम्रा कतिपय संस्कार र संस्कृति सही भएपनि मृत्युपछि कपाल खौरेर किरियामा बस्ने अनि मृतकले पाउँछन् भनेर दान दिने काम अनावश्यक रुढीवाद मात्रै भएको बताएका हुन् ।

मनोज भट्टले बुवाको किरिया नगरेर उदाहरणीय काम गरेको भन्दै उनले अहिले छोराछोरीहरु मोबाइल र कम्प्युटरमा भुल्ने, विदेश पलायन हुने, बिरामी बावु आमाको ख्याल नगर्ने, वद्धाश्रममा लगेर छोड्ने गर्न थालेका भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

उनले बुढा भएका बा–आमाप्रतिको कर्तब्यबोध गराउने खालको शिक्षा र संस्कार आवश्यक भएको पनि उल्लेख गरे । केसीले समाज बदल्न पहिले आफु बदलिनुपर्ने धारणा पनि राखे । २३ वर्ष अघि आमाको मृत्यू हुँदा आफूले काज किरिया नगरेको उल्लेख गर्दै केसीले त्यही कारण कतिपय मान्छेहरुले आफूलाई समाजबाट अलग गर्न खोजेको बताए ।

एक अर्को प्रशंगमा अध्यक्ष केसीले पहिला संघीयताको विरोध गर्दा आफू एक्लै परेको तर, अहिले जनताले बुझ्दै गएको बताए । उनले आफूलाई १० करोडको लोभ देखाइएको र नमानेपछि मार्ने धम्की आएको पनि स्मरण गरे । उनले आठवटा सरकार पाल्न जनतामाथि अनावश्यक कर थोपरिएको दोहोर्याए । केसीले करवृद्धिकै कारण जनताले अब संघीयता फाल्ने दाबी पनि गरे ।

जनताले कर तिरेवापत सेवासुविधा पाउनुपर्ने तर त्यसो नगरी ७ वटा प्रदेश सरकार र एउटा केन्द्रीय सरकार गरी ८ वटा नेपाल, ८ वटा सरकार, त्यसका मन्त्रीहरु, सांसदहरु पाल्नका लागि र सेवासुविधाका लागि पनि सरकार कर बढाउन वाध्य भएको उनले बताए ।

आफ्नो पार्टी संघीय प्रणालीको विरोधी नभएको तर नेपालको सन्दर्भमा रत्तिभर उपयुक्त नभएकाले स्थानीय तहलाई अहिलेभन्दा बढी अधिकारसम्पन्न बनाई बीचको प्रदेशहरु खारेज हुनुपर्ने र एकात्मक शासन प्रणाली नै सही हुने बताए ।

केसीले आफुले बुझेर नै विरोध गरेको बताए । ‘नेपालको समृद्धि र नेपालीको एकताको लागी यो भारी बोकाएको होइन’ उनले भने, ‘अधिकार र पैसा तलसम्म दिउँ न, बिचमा प्रदेश किन चाहियो  ? ’ केसीले सरकार शान्ति सुरक्षाको विषयमा गम्भीर नभएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...