उद्योगमन्त्री यादव भन्छन्, व्यवसायी सरकारसँग डराउनु पर्दैन

Matrika yadhav 5

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यवसायीहरुलाई सरकारसँग नडराउन आग्रह गरेका छन् । नयाँ उपभोक्ता सम्बन्धी ऐनले व्यवसायीलाई कसेको चर्चा चलिरहँदा मन्त्री यादवले आफूसँग नडराउन उद्योगीहरुलाई आग्रह गरेका हुन् ।

विहीबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘अर्थ संवाद’ कार्यक्रममा उनले उद्योगको विकासका लागि सरकारले सक्दो पहल गरिरहेको दावी पनि गरे । उद्योगीहरुको व्यवहारिक कठिनाईलाई आफूले देखेको, भोगेको उल्लेख गर्दै मन्त्री यादवले त्यस्ता समस्या समाधानका लागि छलफल गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

उद्योगमन्त्री यादवले उत्पादनमा जोड दिन उद्योगी, व्यवसायीहरुलाई आह्वान पनि गरेका छन् । मन्त्री यादवले उत्पादनका लागि आवश्यक ऐन, कानुन निर्माणमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन एउटै संयन्त्र बनाउने पनि बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी, व्यवसायी प्रोत्साहित हुने कानुनी व्यवस्था गर्न मन्त्री यादवसँग आग्रह गरिन् ।

उनले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न महासंघले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । महासंघले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...