अफगानिस्तानले देखायो सेना समायोजन र संविधान लेखनबारे चासो

Habiba, badal jpg

काठमाडौं । अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन र संविधान लेखन प्रक्रियाका बारेमा गृहमन्त्री थापासँग चासो राखेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताएका छन् ।

अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग बुधबार गृहमन्त्रालयमा भएको भेटमा उनले भने, ‘शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।’

गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको उल्लेख गर्दै अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदाहरणीय रहने बताए ।

नेपालको शान्ति प्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको पनि परिषद्का उपाध्यक्ष सराबीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...