सचिवालय बैठकमा सांगठनिक एकीकरणबारे छलफल

कार्य दलले तयार पारेको सुझावको पोको अध्यक्षद्धयको हातमा पुग्यो

Nekapa sachibalaya

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सांगठानिक एकीकरणसम्बन्धि मापदण्डका विषयमा छलफल सुरु भएको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औंपचारिक छलफल सुरु गरिएको हो ।

महासचिव विष्णु पौडेलले पेश गर्नु भएको सांगठनिक एकीकरणसम्बन्धि मापदण्डका विषयमा औंपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा महासचिव पौडेलले पार्टी एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएका थिए ।

पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन भोली बिहिबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको छ । सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ ।

सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरणसम्बन्धि सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...