संवैधानिक निकायलाई सरकारले निकम्मा बनाउँदैछ : रामचन्द्र पौडेल

Screenshot

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत निकम्मा बनाउने काममा लागिपरेको भन्दै आपत्ति पनि जनाए ।

उनले न्यायालयलाई समेत हस्तक्षेप गरेर मुुलुकमा हुकुमी शासन चलाउन सरकार लागि परेको पनि दोहा-याए । आईतबार विपी कोइरालाको १ सय ५ औं जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले विपीको जीवन दर्शनबाट सिकेर कम्युनिष्ट नेतृत्वको सरकारको जनता विरोधि कदम रोक्न एकतावद्ध हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस स्वतन्त्रताको समेत हनन् गरिरहेको आरोप लगाउँदै सरकारको चर्काे आलोचना गरे ।मूल्य वृद्धि लगायतका काम गरेर सरकारले नागरिकलाई मारमा पार्ने काम गरेको उपसभापति निधिको दावी छ । कार्यक्रममा नेपालको राजनीतिमा विपी कोइरालाको चिन्तनले पु-याएको योगदानको चर्चा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...