चित्रबहादुर केसी भन्छन्, संघीयता यता न उता हुन्छ

Chitra dbr kc

काठमाडौं । लामो समयदेखि संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशलाई वर्वादीतिर धकेलिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्लाको पाँचौ जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले मुलुकले संघीयतालाई थेग्न नसक्ने अवस्था आइसकेकोले संघीयताबाट मुलुक पछाडि फर्किनुको अर्काे विकल्प नभएको बताए ।

अध्यक्ष केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाए । मुलुकले संघीयता थेग्न नसक्ने भएकाले जनताले नै यसलाई तिरष्कार गर्ने बताए ।

‘महङ्गी भ्रष्टाचार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन आफ्नो पार्टीले सधैं विरोध गर्छ’ केसीले भने, ‘अहिले नै संघीयता घाँडो भइसक्यो । हेर्दै जानुस्, अब संघीयता यता न उताको हुन्छ ।’ उनले संघीयता खारेज नभएसम्म आफूहरूले मुद्दालाई नछाड्ने स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष लालबहादुर थापाले देशमा संघीयता नेपाली जनताका लागी महङ्गो सावित हुने भन्दै देश बिखण्डनतर्फ लम्कने जिकिर गरे ।

त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको ¥याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस