ओली सरकारले अपराधीलाई पालेको आरोप

Rpp 12

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बढ्दै गइरहेको महिला हिंसाको घटनामा दुईतिहाइ बहुमतको सरकारले अपराधीलाई संरक्षण गरेर अपराध बढाउनमा लागेको गरेको आरोप लगाएको छ ।

राप्रपा प्रजातान्त्रिकको भातृ महिला संगठनले देशमा बढ्दै गइरहेको बलात्कार, छाउपडी र दाइजो लगायतका महिला हिंसाबारे शुक्रवार ज्ञापनपत्र बुझाउँदै यस्तो आरोप लगाएको हो ।

संगठनले भैरहवामा विरोध ¥यालीसहितको प्रर्दशन गरेको थियो । नगर क्षेत्रमा परिक्रमा गर्दै उनीहरुले सरकारविरुद्ध ‘केपी तिम्रो नाराले दुःख पाए साराले, अत्यधिक कर वृद्धि फिर्ता गर, महिला हिंसा अन्त्य, बलात्कारीलाई कारवाही गर’ लगायत नारा लगाउँदै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै संगठनका अध्यक्ष पद्मा थापाले समाजमा अपराध बढाउन सरकार नै लागेको कारण अपराधीहरुलाई कानुनी कठघरामा नल्याउँदा अपराधीहरुको मनोबल बढ्दै गएको आरोप लगाइन् ।

कन्चनपुरको बलात्कार घटनाको दोषीलाई कारवाही गर्न, पश्चिमाञ्चलमा रहेका छाउपडी गोठ भत्काउन र बोक्सी आरोप लाउनेलाई १४ वर्ष जेल सजाय व्यवस्था गरी कानुनी कारवाही गर्न लगायत माग गरिएको संगठनका जिल्ला सदस्य रमिता थापा मगरले बताइन् । राप्रपा प्रजातान्त्रिक जिल्ला कार्य समितीको समन्वयमा ज्ञापन पत्र बुझाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...