‘अयोग्य’ झा फेरि बने दूरसञ्चार प्राधिकरणको अध्यक्ष

Digambar jha

काठमाडौ । सरकारले विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्ति गरेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा विवादित छविका झालाई पुनः अध्यक्ष बनाइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा इथियोपिया गएका बेला बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहिला अयोग्य भनेका झालाई पुनः प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति दिएको एक मन्त्रीले बताए ।

दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने एक प्रस्ताव छ । तपाईँहरुको अरु कोही छ मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, अन्य कोही पनि मन्त्री बोल्नुभएन ।

यसअघि आइतबारको मन्त्रिपरिषद बैठकमा झालाई पुनः नियुक्ति गर्ने प्रस्ताव लगिएको थियो । त्यस दिन केही मन्त्रीले सो प्रस्तावको चर्को आलोचना गरेपछि निर्णय हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस