कञ्चनपुर पुगेर खनालले भने, केही नालायक अफिसरले गर्दा संगठन बद्नाम भयो

Igp  khanal

महेन्द्रनगर । महिला हिंसा न्युनिकरण, मानव अधिकारको सुरक्षा एवं संरक्षण भन्ने मूल नाराका साथ नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियान शुक्रवारदेखि शुरु भएको छ ।

गत श्रावण १० गत कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको वलात्कार पछि भएको हत्याले उत्पन्न परिस्थिती प्रति नेपाल मानव अधिकार आयोगले चासो दिँदै महिला हिंसा न्युनीकरण, मानव अधिकारको सुरक्षा एवं संरक्षण भन्ने मूल नाराका साथ नेपाल प्रहरीको जवाफदेहिता विषयक अभियान शुरु गरेको हो ।

निर्मला पन्तको हत्याको विषयमा कञ्चनपुर प्रहरीले गरेको शुरुवाती अवस्था देखिनै प्रकृयासंगत नभएको निश्कर्ष निकाल्दै राष्ट्रिय मानव अधिकार आयोगले उक्त अभियानको शुरुवात गरेको हो ।

कार्र्यकार्यक्रममा विभिन्न सरोकारवालाहरुले निर्मला हत्याको विषमा कञ्चनपुर प्रहरीले गरेको अनुसन्धान गलत भएको धारण व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सरोकारवालाहरुको जिज्ञासाको जवाफ दिँदै प्रहरी महानिरीक्षक शर्वेन्द्र खनालले केही नालायक प्रहरी अधिकारीहरुको कमजोरीका कारण आफु लगायत सम्पुर्ण प्रहरी संगठन लज्जित भएको भन्दै दोषी जो कोही भए पनी कुनै पनी हालतमा नछोडिने बताए ।

पन्त हत्याको विषयमा सत्य तथ्य छानविन गर्न आफुले कडा निर्देशन दिईसकेको बताउँदै महानिरीक्षक खनालले प्रहरी जनताको सुरक्षा र रक्षाको लागि भएको हुँदा सम्पुर्ण सरोकारवाला निकायहरुको रचनात्मक सहयोग बाट नै अपराध न्युनिकरण सम्भव हुने समेत स्पष्ट पारे ।

नेपाल मानव अधिकार आयोगको आयोजना तथा नेपाल प्रहरीको सहकार्यमा शुरु भएको अभियान ७ वटै प्रदेश र काठमाडौं गरी ८ ठाँउमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, प्रदेश सभा सदस्य प्रकाश बहादुर शाह लगायत विभिन्न उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेका प्रहरी महानिरीक्षक खनालले स्व. निर्मला पन्तका आफन्तसँग भेटघाट गरेर अपराधीलाई जस्तोसुकै परिस्थतिमा पनि नछोड्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

प्रतिकृया दिनुहोस