प्रमुख चार दलले डेढ करोड जरिमाना तिर्नुपर्ने, कुनले कति ?

4dal

काठमाडौं । कानुन उल्लङ्घन गरेवापत राज्यलाई प्रमुख चार राजनीतिक दलले एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।

राष्ट्रियराजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी(साजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो ।

पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो ।

चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन् । यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ ।

प्रतिकृया दिनुहोस