सांसदहरु भन्छन्ः सरकारलाई मोज गर्न जनताले कर तिरेका हुन् ?

Sansad parlimentry

काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जनताप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसहरुले आ– आफ्नो क्षेत्रको क्षेत्रगत र समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अधिकांश सांसदहरुले मुल्य वृद्धिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउदै बजारको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए । सांसद मिन बहादुर विश्वकर्माले हत्या, हिंसा, बलात्कार लगायत घटनामा सरकारले ह्याट्रिक गरेको भन्दै पेट्रोलियम पदार्थमा हालै भएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा. मिनेन्द्र रिजालले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको भन्ने प्रधानमन्त्रीले भारतमा आयोजना गर्ने भनिएको सैन्य अभ्यासमा नेपाली सेनालाई नपठाउने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले प्रधानन्त्रीले सांसदले उठाएका प्रश्नमा गैह् जिम्मेवार ढंगले उत्तर दिने गरेको भन्दै आपत्ती जनाइन् । उनले भनिन्, “सडकमा खाल्डाखुल्डी भयो भन्दा खाल्डाखुल्डी बनाउने हामी होइनौ भन्ने, बाढी र डुबानमा परेकालाई राहत र पुर्नस्थापनाको व्यवस्था गर्न माग गर्दा , डुबाउने हामी होइनौ भन्ने, कर बढ्यो भन्दा हामीले पञ्चायत कालमा गाडाको कर तिरेका थियौ भनेर गैह्जिम्मेवार बन्न पाईदैन । जनताको करबाट उठेको पैसाले विदेशमा गएर उपचार गराउने ? रोगी बनाउने पनि नेपाली जनता होइनन् ।”

सांसद रामकुमारी झाक्रीले चाडवाड नजिकिए संगै बजारमा गुणस्तर कम भएका सामान तथा अस्वभाविक मुल्यवृद्धि हुने गरेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...