हत्या अभियोगमा मेयर जेलमा, उपमेयरलाई महाअभियोग

Siyaram kuswa

काठमाडौ‌ । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनमाथि कार्यपालिकाका दुईतिहाइ सदस्यले बुधबारको बैठकमा महाअभियोग प्रस्ताब पारित गरेका छन् ।

बैठकले उपमेयर खातुनमाथि अविश्वास प्रकट गर्दै निलम्बनको मागसमेत गरेको गरेका छन् ।

विभिन्न ११ शीर्षकमा उपमेयर खातुनले करोडौं रुपैयाँ अनियमितता गरेको र गत वर्षको हिसावकिताब माग गर्दा समेत उपमेयरले नदिएको भन्दै कार्यपालिका बैठकले अविश्वास प्रस्ताव पारित गरेको नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले बताए ।

नगरपालिकाकाको तर्फबाट अख्तियार, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलाई पनि उपमेयरमाथि छानविन र कारबाहीको माग गर्दै पत्राचार गरिएको छ ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा विश्व हिन्दु परिषद् वीरगञ्जका काशी तिवारीको हत्या अभियोगमा काठमाडौं कारागारमा छन् ।

प्रतिकृया दिनुहोस