प्रहरी हिरासतमामृत्यु भएका यादवको हत्या भएको आरोप, छानविन गर्न माग

Np ktm 7791

काठमाडौं । स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राम मनोहर यादवको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको भन्दै छानविन गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै सरकारको चर्को आलोचना भएको छ ।

सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हक विरुद्ध बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन्।

सांसदहरु अमरेश सिंह, लक्षमणलाल कर्ण, भरत शाह लगायतले सो घटनाको विरोध गर्दै छानविन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका हुन्। उनीहरुले घटनाबारे सम्बन्धीत मन्त्रीले सदनमा आएर जानकारी गराउन माग गरे।

सांसद लक्ष्मणलाल कर्णले सरकारले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गरेको भन्दै मानवअधिकार विरुद्धमा सरकारका क्रियाकलाप विरुद्ध जागरुक हुन संसदको ध्यानाकर्षण गराए।

संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपुर्ण भेला हुने स्वतन्त्रत दिएको भएपनि भदौ ७ गते बद्रियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले राम मनोहर यादवलाई नियन्त्रणमा लिई गैह् न्यायिकरुपमा नियन्त्रणमा लिई हिरासतमा नै हत्या गरेको दाबी गरे।

प्रहरीले यादवलाई गैह् न्यायिक तरिकाले राखिर अमानवीय ढंगले निर्मम कुटपीट गरी बेहोस बनाएको र त्यसपछि उपचारको क्रममा स्थानीय अस्पताल घुमाएर अन्तमा काठमाडौंको शिक्षण अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको भन्दै यस घटनाको सम्बोधन गर्नुको सट्टा सरकार मौन बसेको आरोप लगाए।

उनले घटना बारे सम्बन्धीत मन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै शुन्य र विशेष समयमा उठाईएको प्रश्नको जवाफ दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले भने, ‘शुन्य समय के हो विशेष समय के हो सरकारको वास्ता देखि बाहिरको कुरा हो।’

मानवअधिकारको हनन भईरहँदा संसद चुप लागेर बस्न नसक्ने भन्दै उनले संसदीय समिति गठन गरी सही प्रतिवेदन ल्याउने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए।

प्रतिकृया दिनुहोस