किन खोस्यो सरकारले पूर्व मुख्य सचिव सोमलाल सुवेदीको तक्मा ?

Subedi

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने भनिएको पदक (तक्मा) दिने निर्णय सरकारले फिर्ता लिएको छ ।

गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदकमध्ये पूर्व मुख्यसचिव सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । तर सुवेदीले सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता लिइएको हो ।

असार १ मा सरकारले एडिबीको बैकल्पिक निर्देशकबाट सुवेदीलाई फिर्ता बोलाएपछि उनी सरकारविरुद्ध मुद्दा दायर गर्ने योजनामा छन्। यसका लागि उनले आफूलाई लगाइएको आरोप र फिर्ता गर्ने सरकारको निर्णय माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका छन्।

फिलिपिन्समा मुख्यालय रहेको बैंकको बैकल्पिक कार्यकारी निर्देशकबाट फिर्ता गर्ने सरकारको निर्णय विरुद्ध उनले सञ्चारमाध्यममार्फत् आक्रोस व्यक्त गरेका थिए।

२०७४ को गणतन्त्र दिवसमा घोषणा गरिएका पदकमध्ये प्रसिद्ध प्रवल जनसेवा श्री पदक सुवेदीका अलावा सर्वोच्च अदालतका तत्कालिन न्यायाधीस (पछि प्रधानन्यायाधीस) गोपालप्रसाद पराजुली, न्यायाधीस ईश्वरप्रसाद खतिवडा, अख्तियारका दीप बस्न्यात, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, प्रधानसेनापति राजेन्द्र क्षेत्री र गृहमन्त्रालयका तत्कालिन सचिव लोकदर्शन रेग्मीलाई दिने निर्णय भएको थियो ।

यी पदकहरुबाट आज (१९ भदौ) मा राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपरोक्त उच्च पदस्थहरुलाई विभुषित गर्दैछिन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...