चिकित्सकका जायज माग पुरा गर्नुपर्छः देउवा

Sher bdr deuwa

चितवन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकका माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताएका हुन् ।

उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको पनि उनले बताए ।

सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताएका सभापति देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक-फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको उनले बताए ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...