सरकार भन्छः डाक्टरले हड्ताल गरे ६ महिना कैद, यस्ता छन् आन्दोलनका कार्यक्रम

Andolan photo

काठमाडौं । मुलुकी अपराध संहिता (ऐन) संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकितसकहरुलाई सरकारले ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने चेतावनी दिएको छ।आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा ऐन अनुसार कारवाही र जरीवानाको चेतावनी दिएको हो।

मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारवाही गर्ने चेतावनी दिएको हो। यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा हड्तालमा सहभागी हुने व्यक्तीलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

चिकित्सकहरुले आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन्। त्यस्तै देशभरका अस्पतालमा ओपिडी सेवा बन्द छ। नेपाल चिकित्सक संघले संहिता संशोधनको माग गर्दै आजबाट आन्दोलन सुरु गरेको हो। यसअघि संघले ऐन संशोधन गर्न १५ दिनको अल्टिमेटम दिएको थियो। तर, सो अवधिमा ऐन संशोधन गर्न तदारुकता नदेखाएको भन्दै डाक्टरहरु आन्दोलित भएका छन्।

पूर्व घाषित कार्यक्रम अनुसार सोमबार (भदौ १८ गते) देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, भाद्र १९ गते देखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने, भाद्र २० गते देखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, भाद्र २१ गते देखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने तथा भाद्र २२ गते शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने कार्यक्रम छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...