एम्बुसमा परी खुट्टा गुमाएका पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

Narayan bahadur karki

गाईघाट । गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ ।

नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई रु चार लाख र विद्यार्थी नेत्री कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जिल्लाका पूर्व सांसद कार्की र नेविसङ्घकी विद्यार्थी नेत्री मीरा कटुवाल निर्वाचनको समयमा एम्बुसमा परी दुवैले खुट्टा गुमाउनुपरेको कारण उनलाई नगरपालिकाले आर्थिक सहयोग गरेको बताए ।

कार्की र कटुवाल निर्वाचनको कार्यक्रममा कटारीबाट जिल्लाको पञ्चावती आउने क्रममा दनुवारबेँशी भन्ने स्थानमा एम्बुसमा पर्दा सख्त घाइते भएका थिए ।

राजधानीको शिक्षण अस्पतालमा उपचारका क्रममा कार्की र कटुवालको एक–एक खुट्टा काट्नु परेको थियो । पूर्वसांसद कार्कीलाई कटारी नगरपालिकाले पनि यसअघि नै रु तीन लाख आर्थिक सहयोग गरिसकेको छ भने कटुवाललाई पनि रु एक लाख सहयोग गरेको कटारी नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस