कर वृद्धि र संघीयताविरुद्ध जनमोर्चाको प्रदर्शन

Janamorcha1

दाङ । राष्ट्रिय जनमोर्चाले दाङ सदरमुकाम घोराहीमा संघीयताको खारेजी र चर्को कर वृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

राजमो पार्टी कार्यालबाट सुरु भएको जुलुशले बजार परिक्रमा गरी तुलसीपुर चोकमा सभामा परिणत भएको थियोे । जुलुशमा राजमोका नेता कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखय उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले नेपालमा संघीयताला असफल भैसकेको बताए । उनले संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्ने गरी भएको कर वृद्धिले नै संघीयता गलत प्रमाणित गरेको दाबी गरे । नेता कार्कीले अब पनि शासकहरुका कान नखुल्ने हो भने संघीयताकै कारण देशको अस्तित्व समेत गुम्नसक्ने चेतावनी दिए ।

उनले बर्तमान ओली सरकार पञ्चायतकै निरन्तरता भएको आरोपसमेत लगाए । सरकारले पुँजीपतिलाइ कर छुट गर्ने र गरिब किसानलाई कर वृद्धि गर्ने कुराले सरकारकै चरीत्र उदाङ्गो भएको बताए । उनले सरकार सिन्डिकेट तोड्न असफल भएको, भ्रष्टाचारी, बलात्कारी, सुन तस्कर तथा हत्यारालाई कार्बाही गर्न पनि नसकेको भन्दै प्रश्न गरे, ‘अब यो सरकारबाट जनताले के आशा गर्ने ?’

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ने क पा मसाल जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जि सि, अखिल नेपाल बुद्धिजीवी संघ का पुर्ब महासचिव सशिधर भण्डारी, अखिल नेपाल जनजाती सम्मेलन का केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल युबक संघका केन्द्रीय सदस्य चित्र एमसि लगायत नेताहरुले मन्तब्य राखेका थिए ।

जिल्ला सचिव वसन्त पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य शुक्रराज भण्डारीले गरेका थिए।

प्रतिकृया दिनुहोस