सरकारी अस्पताललाई प्रतिष्ठान मातहत नराख्न चिकित्सक संघको माग

Nepal medical association (1)

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि आग्रह गरेको छ । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताएका छन् ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अस्पतालहरुमा राजनीतिक नियुक्ती गर्ने परिपाटीको अन्त्य गर्ने विषयमा भने स्पष्ट कानुनी व्यवस्था गर्न पनि समितिलाई सुझाव दिए ।

सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को चिकित्सक संघले स्वागत समेत गरेको छ । बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराएका थिए ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सचेत गराएका हुन् । समितिले बुधबार वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग पनि सो विधेयकका सम्बन्धमा छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस